
डडेलधुरा । क्रियाशील सदस्यताका विषयमा नेपाली काँग्रेस डडेल्धुरामा फेरी लफडा शुरु भएको छ । सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता सार्वजनिक भए पनि नियोजित षडयन्त्र गरिएको भन्दै फेरी विवाद सुरु भएको हो ।
क्रियाशिल सदस्यताको सुचिबाट केही व्यक्तिको नाम हटेपछि अधिवेशन गर्ने वा नगर्ने भन्नेमा विवाद चर्किएको छ । वडा अधिवेशन समेत सुरु नभएको डडेल्धुरामा सभापति देउवाको गुटमा रहेका नेताहरुले क्रियाशील सदस्यतामा धाँदली गरेको भन्दै पौडेल पक्षका नेता कार्यक्रताले विरोध गर्दै आएका छन् ।
विवादमा रहेको सदस्यताबारे केन्द्रीय छानविन समितिले बुझाएको ४ सय ४४ जनाको नाम हटाइएर पहुँचका आधारमा २ सय ८१ जनाको नाम थपेपछि सदस्यताको विवाद चर्किएको हो ।
प्रतिक्रिया दिनुहोस्