१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अलेक्जेण्डर भेरेभ युएस ओपन टेनिसको क्वाटरफाईनलमा प्रवेश


0
Shares

एजेन्सी । जर्मन टेनिस खेलाडी अलेक्जेण्डर भेरेभ युएस ओपन टेनिसको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

राउण्ड अफ सिक्सटिनको खेलमा इटालीका यानिक सिनरलाई ६–४, ६–४ र ७–६ ले हराउँदै चौथो वरियताका भेरेभ क्वाटरफाईनलमा पुगेका हुन् ।

गत सालका उपविजेता भेरेभले अब क्वाटरफाईनलमा दक्षिण अफ्रिकाका लोएड ह्यारिसको सामना गर्नेछन् ।

युएस ओपनकै अर्को खेलमा जर्मनीका ओस्कार ओट्टेलाई ६–४, ३–६, ६–३ र ६–२ ले हराउँदै इटालीका माटियो बेरेट्टीनी पनि क्वाटरफाईनलमा पुगेका छन् ।

उता महिलातर्फ स्विस खेलाडी बेलीण्डा बेन्सीक, चेक गणतन्त्रकी क्यारोलिन प्लीस्कोभा, स्पेनकी गार्बिने मुगुरुजा र बेलायतकी इम्मा राडुकानु क्वाटरफाईनलमा पुगेका छन् ।