
काठमाडौं । आज निजामति कर्मचारी दिवस पनि हो । ब्यावसायिक र सिर्जनशील प्रशासन, बिकास, समृद्धी र सुशासनको नारासहित यो दिवस देशभर मनाईदै छ ।
वि सं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य नेतृत्वको सरकारले पहिलो पटक निजामती सेवा ऐन ल्याएको सम्झनामा २०६१ सालदेखि हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउन थालिएको हो ।
यस दिवसको अवसरमा निजामती सेवामा रहेर उत्कृष्ट र राम्रा कार्य गरेका कर्मचारीलाई पुरस्कृत गर्ने परम्परा रहेको छ । हरेक वर्ष एक जनालाई २ लाख राशीको सर्वोत्कृष्ट निजामती पुरस्कार, १० जनालाई १ लाख राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई ५० हजार राशीको निजामती सेवा पुरस्कार दिने गरिन्छ ।
यस पटक भने सरकारले १० जनालाई सर्वोत्कृष्ट निजामति पुरस्कार र ३० जनालाई निजामति पुरस्कार दिने घोषणा गरेको छ । मन्त्रीपरिषदको हिजो बसेको बैठकले यो निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्