
pic:file
काठमाडौं । पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा आज बिहान ६ बजे पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो ।
पहिरो ठूलो भएकोले हटाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सडक विभागको मेसिनसहतिको टोलीले पहिरो हटाउने काम गरीरहेको छ ।
पहिरोको कारण सवारी जाम भएको छ ।
प्रतिक्रिया दिनुहोस्