२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कांग्रेस संसदीय दलको बैठक आज बस्दै


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बुधबार बोलाइएको संसद बैठकका विषयमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो २ बजे बस्नेछ ।

संसद भवनको ल्होत्से हलमा बैठक बस्ने कांग्रेसले जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट बुधबार अपरान्ह ४ बजेका लागि संसदको बैठक डाकिएको छ ।