२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


दशरथचन्द नगरपालिकाका नगरसभापति लालबहादुर चन्द वडामै पराजित


0
Shares

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाका नगरसभापति लालबहादुर चन्द वडामै पराजित हुनुभएको छ ।

नगरसभापति चन्द सोमबार सम्पन्न नगरपालिकाको वडा नम्बर ८ बाट वडा तहको अधिवेशनमा क्षेत्रीय प्रतिनिधिका उम्मेदवार बन्नुभएको थियो । चन्दले उहाँका निकटतम प्रतिद्वन्द्वि चन्द्रसिंह थापासंग ४ मतअन्तरले पराजित भएको मतदान अधिकृत सुरेन्द्र चन्दले जानकारी दिनुभयो ।

विजयी हुनुभएका थापाले ५७ मत प्राप्त गर्नुभयो भने चन्दले ५३ मत मात्रै प्राप्त गर्नुभएको छ । पराजित भएसंगै चन्दको १४ औं महाधिवेशनको अगामी यात्रा वडा तहमै समाप्त भएको हो ।

चन्द १३ औं महाधिवेशनबाट निर्वाचित नगरसभापति बन्नुभएको थियो । यसका साथै चन्द जिल्ला समन्वय समितिका सदस्य समेत हुनुहुन्छ ।

यसैबीच उक्त वडामा चामुसिंह थापा वडासभापतिसहित २८ जनाको वडाकार्यसमिति भने निर्विरोध निर्वाचित भएको छ ।