
रौतहट । डाकाहरुको समूहले सोमबार राती रौतहटको एक घरमा लुटपाट गरेका छन । मास्क लगाएर आएका डाका समुहले रौतहटको दुर्गाभगबती गाउपालिका–३ मत्सरी निबासी सरोजानन्द झाको घरमा लुटपाट गरेका छन ।
झाको घरमा डाकाहरुले निर्धक्क लुटेर फरार रहदा समेत प्रहरीको सक्रियता नदेखिएको आरोप स्थानीयको रहेको छ ।
राती डकैती भएपछि मङ्गलबार बिहान जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक नारायण चिमरिया घटनास्थल पुग्नु भएको छ । डाकाहरुको समुहले सुनचादी लगायत नगद लुटेर लगेको पीडितले जनाएका छन ।
प्रतिक्रिया दिनुहोस्