१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंलगायत गण्डकी, कर्णाली र सुदूरपश्चिममा पानी पर्ने


0
Shares

काठमाडौं । आज दिउँसो देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिमका कही स्थान तथा बाग्मती र लुम्विनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि आज दिउँसो बदली भई मेघगर्जन हुने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १८ दशमलव ८ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २८ देखि ३० डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

सूर्योदय आज बिहान ५ बजेर ४६ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १८ मिनेटमा हुनेछ ।