१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विश्वकप फुटबलको युरापेली छनौट : नेदरल्याण्ड्स, डेनमार्क, फ्रान्स र पोर्चुगल विजयी


0
Shares

एजेन्सी । विश्वकप फुटबल अन्तर्गत युरोपेली समूहको छनौट खेलमा नेदरल्याण्ड्स र डेनमार्कले फराकिलो जित निकालेका छन् । गएराती भएको समूह ‘जि’ को खेलमा नेदरल्याण्ड्सले टर्कीलाई ६–१ ले पराजित ग¥यो ।

नेदरल्याण्ड्सको लागि मेम्फीस डिपेले ह्याट्रिक गरे । यो जितसँगै नेदरल्याण्ड्स ६ खेलबाट १३ अंक जोड्दै समुहको शिर्ष स्थानमा उक्लिएको छ । समान १३ अंक जोडेको नर्वे दोस्रो स्थानमा छ ।

गएराति भएको समुह ‘ए’ को खेलमा पोर्चुगलले अजरबैजानलाई ३–० ले हराउँदा सर्विया र रिपब्लीक अफ आयल्याण्डले १–१ गोलको बराबरी खेले । समूह ‘डि’ मा फ्रान्सले फिनल्याण्डलाई २–० ले हराउँदा बोस्नियाले काजखस्तानसँग २–२ गोलको बराबरी खेल्यो ।

यसैगरि समूह ‘एफ’ को खेलमा डेनमार्कले इजराइललाई ५–० ले पराजित गर्दा स्कटल्याण्डले अष्ट्रियामाथि १–० को जित निकाल्यो । समूह ‘एच’ मा क्रोएशियाले स्लोभेनियालाई ३–० ले हराउँदा रुसले माल्टालाई तथा स्लोभाकियाले साईप्रसलाई २–० ले पाखा लगाए ।