
फाइल तस्वीर ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदी बहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमार्फत उहाँले तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई समुन्नत समाजको निर्माणमा अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको छ ।
कोभिड–१९ को कारण हर्षोल्लासपूर्वक पारिवारिक जमघट साथ मनाउन नपाए पनि महामारीको यस अवस्थामा स्वास्थ्य मापदण्ड पालना गर्दै हरितालिका तीजको मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्दै मनाउन प्रधानमन्त्री देउवाले सबैमा अनुरोध गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्