१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भेरेभ र राडुकानु सेमिफाइनलमा


0
Shares

एजेन्सी । जर्मनीका अलेक्जेण्डर भेरेभ र ब्रिटेनकी इम्मा राडुकानु युएस अ‍ोपन टेनिसको सेमिफाइनलमा पुगेका छन् । अमेरिकाको न्युयोर्कमा जारी वर्षको अन्तिम ग्राण्ड स्लाम टेनिसको क्वाटरफाईनलमा स्विट्जरल्याण्डकी बेलीन्डा बेन्सीकलाई सोझो सेटमा हराउँदै राडुकानु सेमिफाईनलमा पुगेकी हुन् ।

बेन्सीकविरुद्धको खेल राडुकानुले ६–३ र ६–४ को सोझा् सेटमा जितिन् । युएस ओपनको डेब्युमै सेमिफाईनलमा पुग्न सफल राडुकानुले अब फाईनल प्रवेशको लागि ग्रिसकी खेलाडी मारिया सक्कारीको सामना गर्नेछिन् । क्वाटरफाईनलमा चेक गणतन्त्रकी क्यारोलिना प्लीस्कोभालाई ६–४ र ६–४ को सोझो सेटमा हराउँदै सक्कारी सेमिफाईनलमा पुगेकी हुन् ।

युएस ओपनको पुरुषतर्फ दक्षिण अफ्रिकी खेलाडी लोएड ह्यारिसलाई ७–६, ६–३ र ६–४ को सेटमा हरााउदै जर्मनीका अलेक्जेण्डर भेरेभ सेमिफाइनलमा पुगेका छन् । ओलम्पिक च्याम्पियन भेरेभले अब फाईनल प्रवेशको लागि सर्वियाका नोभाक जोकोभिच र इटालीका माटियो बेरेट्टीनीबिचको विजेतासँग खेल्नेछन् ।