२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


चीनद्वारा अफगानिस्तानलाई ३ करोड १० लाख डलर सहयोग दिने घोषणा


0
Shares

एजेन्सी । चीनले अफगानिस्तानलाई मानवीय सहायता स्वरुप ३ करोड १० लाख डलर दिने घोषणा गरेको छ । पाकिस्तानको पहलमा आयोजित अफगानिस्तानका छिमेकी देशहरुका विदेशमन्त्रीको भर्चुअल वैठकमा चिनियाँ विदेश मन्त्री वाङ यीले उक्त सहयोग घोषणा गरेका हुन् ।

तत्कालको आवश्यकतालाई ध्यान दिदै खाद्यान्न, जाडोका सामग्री र खोपका लागि सहयोग उपब्ध गारउने वाङले बताएका हुन्। उनले चीनले अफगानिस्तानलाई पहिलो खेपमा ३० लाख डोज कोरोना खोप पनि उपलब्ध गराउने निर्णय गरेको बताए ।

तत्कालको मानवीय आवश्यकता पूर्ति र अराजकता अन्त्यका लागि चीनले तालिवान सरकारलाई सहयोग दिन लागेको चिनियाँ विदेशमन्त्री वाङको भनाइ छ । भर्चुअल वैठकमा रुस र भारत बाहेक अफगानिस्तानका अरु सवै छिमेकी देशका विदेशमन्त्रीहरु सहभागी थिए । चीनले यस अघि नै तालिवान सरकारलाई मान्यता दिने बताईसकेको छ ।