
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजको अवसरमा देशविदेशमा रहेका नेपाली दिदिबहिनीहरुलाई शुभकामना दिनुभएको छ ।
पर्वले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पु¥याउने भन्दै उहाँले तीजले चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई झन् प्रगाढ बनाउने विश्वास ब्यक्त गर्नु भएको छ ।
तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्नका लागि भड्किलो र खर्चिलोपनलाई हटाउँदै जानु पर्नेमा पनि राष्ट्रपति भण्डारीले जोड दिनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्