२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


एमाले स्थायी कमिटी बैठक आज बस्दै


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे तुलसीलाल स्मृती प्रतिष्ठान च्यासलमा बस्नेछ ।

स्थायी कमिटी बैठकमा चालु संसद अधिवशेनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा विधान महाधिवेशनका सम्बन्धमा पनि छलफल हुने छ । एमालेले गत बुधबारको संसद् बैठक अवरुद्ध गरेको थियो ।