
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी विपक्षी दलहरुले गरेका छन् । विपक्षी गठबन्धनले केही दिनभित्रै आचार्य विरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी गरेको जनाइएको छ ।
एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेश १ मा नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, संघीय लोकतान्त्रिक मञ्च मिलेर नयाँ सरकार गठन गर्न लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्