काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
शुक्रबारको बैठकका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो ।
सभामुखले गैरसंसदीय गतिविधि गरेको र आफूहरुले कारबाही गरेका १४ सांसदलाई कारबाही नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो । एमालेले १४ सांसदलाई उपस्थित भएसम्म बैठक अवरुद्ध गर्ने जनाएको छ ।
यसअघि पनि बुधबार तीनपटक बसेको बैठक पनि एमाले सांसदको अवरोधका कारण स्थगित भएको थियो । तर बुधबारको तेस्रो बैठकमा सभामुख सापकोटाले पेलेरै अध्यादेश पेश गर्न समय दिनुभएको थियो ।
आफूले कारबाही गरेका सांसदलाई कारबाही नगरी पार्टी फुटाउन मद्दत गरेको भन्दै नेकपा एमाले सभामुखसँग असन्तुष्ट छ ।
प्रतिक्रिया दिनुहोस्