१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तालिबानको अन्तरिम सरकार गठनबारे साउदी अरबको प्रतिक्रिया


0
Shares

एजेन्सी । अफगानिस्तानमा तालिबानको अन्तरिम सरकार गठनबारे साउदी अरबले पहिलो पटक प्रतिक्रिया दिएको छ ।

साउदी अरबका विदेशमन्त्री प्रिन्स फैली बिन फरहानले तालिवान सरकारबारे प्रतिक्रिया दिँदै तालिबान र सवै पक्ष शान्ति र सुरक्षाका लागि काम गर्ने धारणा व्यक्त गर्नुभयो ।

विदेशमन्त्री फरहानले तालिवानले सही दिशामा काम गर्ने र हिंसा त्याग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अतिवादको मुक्ति दिलाउन साउदी अरब अब अफगानिस्तानमा शान्ति र स्थिरताको आशा गर्ने अभिव्यक्ति दिनुभएको छ ।

साउदी अरबले तालिबानले अफगानिस्तानमा अन्तरिम सरकारको घोषणा गरेको एक सातापछि दिएको अभिव्यक्तिलाई महत्वपूर्णका साथ हेरिएको छ ।