३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


मानव निर्मित विकासले वातावरणमा असर गर्यो, अध्ययन जरुरी छ– मन्त्री भुसाल


0
Shares

काठमाडौं । ऊर्जा, जलस्रोेत तथा सिंचाइमन्त्री पम्फा भुसालले मानव निर्मित विकासको प्रभावका कारण वातावरणमा परेको असर अध्ययन गर्न जरुरी रहेको बताउनुभएको छ ।

शुक्रबार जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको छैटौं वार्षिकोत्सवमा मन्त्री भुसालले मानव निर्मित विकासका प्रभावले वातावरणमा परेको असर अध्ययन गर्र्न जरुरी रहेको बताउनुभयो । अति विकसित र विकासशील राष्ट्रहरूले गरेको औद्योगीकरणको मार नेपालजस्ता राष्ट्रले भोगिरहेको उहाँको भनाइ थियो ।

जलश्रोत अनुसन्धान तथा विकास केन्द्रका कार्यकारी निर्देशक डा. महेश्वर श्रेष्ठले जलश्रोतको विविध पक्षमा अनुसन्धान गर्नुपर्ने बताउनुभयो । दिगो विकास र क्षमता विस्तारका लागि सम्बन्धित सरोकारवाला निकायहरूसँग छलफल गरी काम अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा अन्य वक्ताहरूले जलवायु परिवर्तनका कारण मनाङ जिल्लामा विपद् निम्तिएको भन्दै सूक्ष्म अनुसन्धान गर्नुपर्ने धारणा राखेका थिए ।