१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


गाउँ–नगर र जिल्ला अधिवेशनको कार्यतालिका फेरि परिवर्तन गर्ने कांग्रेस पदाधिकारीको प्रस्ताव


0
Shares

congress meeting

काठमाडौं । नेपाली कांग्रेसले गाउँ–नगर र जिल्ला अधिवेशन कार्यतालिका फेरि परिवर्तनको प्रस्ताव गरेको छ । शुक्रबार बसेको पदाधिकारी बैठकले गाउँ–नगरपालिका अधिवेशनदेखि जिल्ला अधिवेशनको नयाँ मितिको प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा लगिने भएको हो ।

पदाधिकारी बैठकले भदौ २७ गतेका लागि निर्धारण गरेको गाउँ–नगरपालिका अधिवेशन असोज ९ गते, असोज १ गतेको प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज ११ गते, असोज ५ गतेको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन असोज १३ गते प्रस्ताव गरेको बताइएको छ ।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशनको मिति असोज १६ का लागि प्रस्ताव गरिएको छ । यसअघि उक्त अधिवेशन असोज १० गते हुने तय भएको थियो । क्रियाशील सदस्यता नामावली सार्वजनिक नभएका सवै जिल्लाहरुमा भदौ ५ गते वडा अधिवेशन गरिने कांग्रेसले जनाएको छ ।

कांग्रेसले २० जिल्लाको क्रियाशिल सदस्यताको नामावली सार्वजनिक गरेको छैन । आगामी कार्तिक १० देखि १२गतेका लागि तय गरिएको क्षेत्रीय अधिवेशन र मंसिर ९–१३ मा हुने भनिएको केन्द्रीय महाधिवेशनको मिति भने यथावत राखिएको कांग्रेसले जनाएको छ ।