१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनमा पन्तको अध्यक्ष्तामा नेकपा (एकीकृत समाजवादी)को जिल्ला समिति गठन


0
Shares

चितवन । चितवन जिल्लामा नेकपा (एकीकृत समाजवादी)को जिल्ला समिति गठन गरिएको छ ।

नेकपा (एमाले) विभाजन भएर बनेको नयाँ पार्टीले भरतपुरमा डा.कृष्णराज पन्तको अध्यक्षतामा १ सय ५५ सदस्यीय चितवन जिल्ला कमिटी गठन गरेको हो ।

चितवन कमिटीको उपाध्यक्षमा अरुणपिडित भण्डारी, कृष्णराज न्यौपाने (लब्ली), सचिवमा केपि लामिछाने र सह सचिवमा दिव्या शर्मा आचार्य रहेका छन् । यसमा थपघट हुन सक्ने उपाध्यक्ष एवम भरतपुर १० का वडाअध्यक्ष अरुणपीडित भण्डारीले जानकारी दिनुभयो ।

यस्तै कार्यक्रमले भरतपुर महानगर कमिटी पनि गठन गरेको छ । विष्णुराज महत्तोको अध्यक्षतामा १ सय ६९ सदस्यीय महानगर कमिटी गठन गरिएको हो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेश सभा सदस्य समेत रहनुभएको नेता राजेन्द्र पाण्डेले चुनाव चिन्हकै कारण नयाँ पार्टी पछि नपर्ने बताउँदै जनताको पक्षमा कसले काम गर्यो भन्नेले उत्कृष्टताको मापन हुने बताउनुभयो ।