१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


तालिवानीले हिंसात्मक गतिविधि बढाएको राष्ट्रसंघको आरोप


0
Shares

एजेन्सी । संयुक्त राज्य अमेरिकाले तालिवानीले अफगानिस्तानमा हिंसात्मक गतिविधि बढाएको आरोप लगाएको छ ।

सत्ता कब्जा गरेसँगै पछिल्ला केही दिनयता अफगानिस्तानमा तालिवानीले हिंसात्मक गतिविधि तीव्र पारेर सर्वसाधारणलाई त्रसित पारेको राष्ट्रसंघको आरोप छ । तलिवानी ज्यादतिको विरोधमा हालै भएका प्रदर्शनहरुमा पनि चार जनाको हत्या भएको थियो ।

गत अगस्ट १५ मा काबुललाई विद्रोहीले नियन्त्रणमा लिएसँगै महिलाहरुले स्वतन्त्रताको मागसहित प्रदर्शन गरेका छन् । आफूहरुविरुद्ध भएका विरोध र प्रदर्शनमा सहभागी हुनेहरुलाई तालिवानीहरुले कठोर सजाय र यातना दिने गरेको भन्दै राष्ट्रसंघले आलोचना गरेको हो ।

तालिवानीहरुले आफूविरुद्ध नाराबाजी र प्रर्दश्न गर्नेहरुमाथि लाठी, कोर्रालगायत प्रयोग गरेर सजाय दिएको राष्ट्रसंघले हालै जारी जारी गरेको प्रतिवदेनमा उल्लेख छ । शान्तिपूर्ण रुपमा भेला हुने र फरक मत राख्नेहरुको सम्मान गर्न र त्यसबारेमा सूचना संकलन गर्ने सञ्चारकर्मीहरुमाथि गरिएको दमन र हिरासत तत्कालबन्द गर्न पनि राष्ट्रसंघले आह्वान गरेको छ ।