२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


म्यानचेस्टर युनाइडेटबाट रोनाल्डोको डेब्यू !


0
Shares

एजेन्सी । १२ वर्षपछि म्यानचेस्टर युनाइटेड फर्किएका क्रिस्टियानो रोनाल्डाले प्रिमियर लिगमा डेब्यू गर्ने अनुमान गरिएको छ ।

प्रिमियर लिगमा म्यानचेस्टरले शनिबार न्युक्यासल युनाइटेडको सामना गर्दैछ । यो खेल नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । तीन दिनपछि च्याम्पियन्स लिगमा म्यानचेस्टरले योङ ब्वाइजसँग प्रतिस्पर्धा गर्दैछ ।

३६ वर्षका रोनाल्डोले २००३ देखि २००९ सम्म पनि म्यानचेस्टरबाट खेलेका थिए । त्यसक्रममा उनले तीनपटक प्रिमियर लिग तथा एकपटक च्याम्पियन्स लिग जितेका थिए ।

रोनाल्डोले आफ्नो करियरको पहिलो ‘बेलोन डि’ अर अवार्ड म्यानचेस्टरमै छँदा जितेका थिए । रोनाल्डोले युनाइटेडमा १ सय ९६ खेलमा ८४ गोल गरे । त्यसपछि उनले ९ वर्ष रियल म्याड्रिड र पछिल्ला तीन वर्ष युभेन्टसमा बिताएका थिए ।