२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गोकुलेश्वर टि–२० क्रिकेट असोज १६ गतेदेखि


0
Shares

बैतडी । जिल्लाको सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता गोकुलेश्वर टि–२० क्रिकेट च्यालेञ्ज प्रतियोगिता असोज १६ गतेदेखि सञ्चालन हुने भएको छ ।

दोस्रो संस्करणको प्रतियोगिता दार्चुलाको गोकुलेश्वरमा सञ्चालन हुन लागेको आयोजक नागार्जुन क्रिकेट क्लबले जनाएको छ । विजेता टोलीले नगद ६५ हजार ५ सय ५५,उप–विजेता टोलीले २५ हजार ५ सय ५५ र तेस्रो हुने टोलीले ११ हजार ५ सय ५५ रुपैयाँ नगद पाउने आयोजकले जनाएको छ ।

त्यस्तै, म्यान अफ द सिरीजलाई २ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई समान १–१ हजार पुरस्कार दिइनेछ । प्रतियोगितामा देशभरका जुनसुकै जिल्लाका खेलाडी पनि सहभागी हुन पाउने जनाइएको छ । तर, टिममा भने एउटै वडाका खेलाडीहरू मात्रै समावेश गर्न पाइने आयोजक क्लबका अध्यक्ष करन विष्टले जानकारी दिनुभयो ।