१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गोन्जालोलाई रिहा गर्न नेपालका कम्युनिष्ट नेताहरूको माग


0
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट नेताहरूले पेरु कम्युनिष्ट पार्टी अध्यक्ष गोन्जालोसहित उनका टोलीलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा कम्युनिष्ट विचारधाराका नेताहरूले पेरु कम्युनिष्ट पार्टी अध्यक्ष गोन्जालोसहित उनका टोलीलाई तत्काल रिहा गर्नुपर्ने माग गरेका हुन् ।

कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले गोल्जाले नेपालको कम्युनिष्ट आन्दोलनको पनि प्रेरणाको स्रोत भएकोले उहाँको रिहाइ गर्नुपर्ने बताउनुभयो । उहाँले गोल्जालो गिरपm्तार भएपछि कम्युनिष्ट आन्दोलन नै कमजोर भएको महशुस गरेको बताउनुभयो । उहाँले अध्यक्ष गोल्जालोलाई रिहाइ गर्न अमेरिकी साम्राज्यवादहरूको हात रहेको पनि बताउनुभयो ।

त्यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र बास्तोलाले गोञ्जालोले करिव ३० वर्ष लामो जेल जीवन बिताइरहेकोले पेरु सरकारले तत्काल रिहाइ गर्नुपर्ने माग राख्नुभयो । उहाँले गोञ्जालोको रिहाइको लागि आइतबार काठमाडौंमा वृहत प्रदर्शन गर्ने पार्टीको कार्यक्रम रहेको पनि जानकारी दिनुभयो ।

त्यस्तै कार्यक्रममा जनवादी गायक जीवन शर्माले गोन्जालो संसारभरका क्रान्तिकारी नेताहरूको र सर्वहार क्रान्तिको हिरो भएकोले उहाँको तत्काल रिहाइ हुनुपर्ने बताउनुभयो । गोन्जाले प्रतिक्रिया र साम्राज्यवादीहरुको पिँजडामा रहँदा पनि साम्राज्य र सामन्तवादका अघि नझुक्ने शीर बोकेर बसेको शर्माको भनाइ छ ।

जनवादी गायक शर्माले गोन्जालो प्रेरणाको श्रोत भएको र आफूलाई क्रान्तिका गीत गाउन पनि उहाँबाट प्रेरणा मिलेको बताउनुभयो । उहाँले गोन्जालोलाई जेलमा थुने पनि उहाँको क्रान्ति, सोच र विचार विश्वका कम्युनिष्टहरूबाट नहराउने बताउनुभयो ।