२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अर्थमन्त्री शर्मा र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता, चाँडो अनुमादेन गर्न सुमारकाे आग्रह


0
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ ।

शनिबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुमार र अर्थमन्त्री शर्माबीच भेटवार्ता भएको हो । भेटमा एमसीसी परियोजनाको सन्दर्भमा कुराकानी भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा उपाध्यक्ष सुमारले एमसिसी सम्झौतालाई संसदबाट चाँडो अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गर्नुभएको शर्माको सचिवालयले जनाएको छ । जवाफमा मन्त्री शर्माले आफूहरूले राष्ट्रिय सहमतिमार्फत एमसीसीको सन्दर्भमा निर्णय लिने बताउनुभएको थियो ।

फातिमाले प्रधानमन्त्री शेरबहादुर देउवासहित एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादीका नेता डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, ऊर्जा मन्त्री पम्फा भुषाललगायतसँग भेटवार्ता गरिसक्नुभएको छ ।