२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


विभाजनले एमालेलाई जम्मा ९ प्रतिशत असर पर्यो– महासचिव पोखरेल


52
Shares

काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रूपमा जम्मा ९ प्रतिशत मात्र असर परेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा नेकपा (एमाले) दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित वृहत् प्रशिक्षण भेला तथा शपथ ग्रहण कार्यक्रममा महासचिव पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रूपमा जम्मा ९ प्रतिशत मात्र असर गरेको बताउनुभयो ।

उहाँले नेकपा (एमाले)ले देशव्यापी रूपमा अभियान चलाउने बेलासम्म यो ९ प्रतिशत पनि खिइएर २ प्रतिशतमा झर्ने बताउनुभयो । महासचिव पोखरेलले नेकपा (एमाले) अब हिजो भन्दा अझै सरिक भएर अगाडि बढ्ने बताउनुभयो ।

महासचिव पोखरेलले नेपालको राष्ट्रिय राजनीति दुईवटा ध्रुवमा विभाजित भएको भन्दै केपी शर्मा ओलीले गरेको राजनीतिक ध्रुवमा आफूहरूले काम गर्ने बताउनुभयो । उहाँले केपी ओली नेतृत्वको पोलले आर्थिक विकास र समृद्धिको कुरा गरेको भन्दै राष्ट्रिय राजनीतिको अर्को ध्रुव गठबन्धनवालाहरूमा अवसरवादी र सिद्धान्तहीनहरू मात्र भएको आरोप लगाउनुभयो ।

महासचिव पोखरेलले पार्टीको पक्षमा उभिएर काम गर्ने हरेकलाई समेटेर अघि बढ्नुपर्ने बताउनुभयो । महासचिव पोखरेलले नेकपा एमाले हिजो भन्दा पनि बलियो बन्ने हिसावले अघि बढ्ने भन्दै नेकपा (एमाले)मा प्रवेश गरेका नयाँ कार्यकर्ताहरूले क्रियाशील भएर काम गर्नुपर्ने बताउनुभयो ।