२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सांसदको भूमिकालाई ‘अझ स्पष्ट पार्न’ एमालेले बोलायो संसदीय दलको बैठक


0
Shares

काठमाडौं । नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ ।

संसदमा भइरहेको गतिविधिको विषयमा आफ्नो सीमा र विरोधको शैलीलाई लिएर धारणा तय गर्न पार्टीले संसदीय दलको बैठक बोलाउन लागेको सचिव एवं पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

यस्तै शनिबारको बैठकले संसदीय मूल्य मान्यता र एमालेले अवलम्बन गर्दै आएको मर्यादित संस्कृतिभित्र बसेर विरोध गर्न सांसदहरूको ध्यानाकर्षण गराएको छ । सांसदहरूको भूमिकालाई अझ स्पष्ट पार्नका लागि आइतबार दिउँसो १२ बजे संसदीय दलको बैठक बोलाएको भट्टराईले बताउनुभयो ।

शुक्रबारको बैठकमा एमाले सांसदहरूले रोस्टममा चढेर सभामुख र अर्थमन्त्तीलाई माइकले हान्न खोजेको थिए । बैठकपछिको प्रतिक्रियामा समेत सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाको टाउको फुटाउन खोजेको बताएका थिए ।