१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


स्याङ्जामा जीपले ठक्करबाट ६ वर्षीय बालकको मृत्यु


0
Shares

सागर न्यौपाने
स्याङ्जा । जिल्लाको पुतलीबजार नगरपालिकामा जीपले ठक्करले छ वर्षीय बालकको मृत्यु भएको छ ।

पुतलीबजार नगरपालिका१० राङखोलास्थित राङखोला समाताटोल भित्री सडक खण्डको राङखोलाबाट समाताटोलतर्फ जाँदै गरेको लु १ च ६०७९ नम्बरको जीपले ठक्कर दिँदा आयोन गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

जीप चालक पुतलीबजार नगरपालिका-१० राङखोला बस्ने २८ वर्षीय निरज शाही फरार छन् ।

प्रहरीले जीपलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।