
तस्वीरः फाइल
काठमाडौं । सभामुखको असमझदारीका कारण संसद बैठक लगातार अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा अबको रणनीतिबारे छलफल गर्न आज संसदीय दलको बैठक डोको छ ।
सरकारले जबर्जस्ती बजेट बजेट प्रतिस्थापन विधेयक ल्याएको आरोप लगाएको एमालेको आज मध्यान्ह १२ बजे बस्ने बैठकले सभामुख र सरकारविरुद्ध थप रणनीति तय गर्ने बुझिएको छ ।
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार सदनमा एमालेका सांसदहरुको भूमिकालाई थप स्पष्ट गर्न बैठक बोलाइएको हो । एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाइरहँदा सभाुमखले प्रमुख प्रतिपक्षीसंग संवाद समेत नगरी संसदका कारबाही अघि बढाउँदै आउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्