३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


अमेरिकामा आतंककारी हमला गराउने समूहलाई साउदी अरबको सहयोग रहेको एफबीआईको खुलासा


0
Shares

एजेन्सी । अमेरिकाको न्युयोर्कस्थित ट्वीन टावर र वासिङडीसीको रक्षा मन्त्रालय पेन्टागनमा विमान क्रयास गराएर आतंककारी हमला गरेको २० वर्ष पुगेको छ ।

उक्त त्रासदीपूर्ण घटनामा ज्यान गुमाएका ३ हजार मानिसको सम्झनामा सिंगो अमेरिका एक ठाउँ उभिएको छ । सन् २००१ को सेप्टेम्बर ११ को विहान ८ बजेर ४६ मिनेट जाँदा पहिलो विमान टे«ड टावरमा ठोक्काएको समय पारेर न्युयोर्क शहरमा रहेको सेप्टेम्बर ११ मेमोरियलमा मौनधारण कार्यक्रम आयोजना गरियो ।

त्यसपछि चार घण्टासम्म चलेको कार्यक्रममा उक्त घटनामा ज्यान गुमाएका २ हजार ९ सय ७७ जनाका परिवारले दिवंगत आफन्तको नाम उच्चारण गरेका थिए ।

राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपतिद्वय बाराक ओबामा तथा विल क्लिन्टन समेत उपस्थित कार्यक्रममा भायोलिनको मन्द धुनसहित दिवंगतहरुको सम्झना गरिएको थियो ।

राष्ट्रपति बाइडेनले अर्को तेस्रो विमान क्र्यास गराइएको शाङ्कभिलस्थित नेशनल मेमोरिय पनि पुग्नुभयो । त्यसपछि उहाँ दोस्रो विमान ठोक्काईएको पेन्टागन पुगेर दिवंगतहरुको सम्झना गर्नुभयो । विन लादेन नेतृत्वको अलकायदा नामको आतंकवादी संगठनले उक्त घटना गराएको थियो भने विन लादेनसहित अलकायदाको खोजी गर्न भन्दै अमेरिकी फौज अफगानिस्तान छिरेको थियो ।

२० वर्षपछि अमेरिकी फौज गत महिना अफगानिस्तानबाट फर्किएको छ । उता, आतंककारी हमलाको विसौं बर्षगाँठ पारेर फेडरल ब्युरो अफ इन्भेष्टिगेसन एफबीआइले अनुसन्धान रिपोर्ट सार्वजनकि गरेको छ ।

राष्ट्रपति बाइडेनको आदेशपछि सार्वजनिक गरिएको रिपोर्टमा विमान अपहरण गरी हमला गराउने समूहलाई साउदी अरबको सहयोग रहेको उल्लेख गरिएको दाबी गरिएको छ ।