
file photo
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले संसदको अवरोध हटाउन विपक्षी दलसँग छलफल गर्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सरकार गठनलगायतका अन्य विषयमा समेत छलफल गरेको थियो ।
करिब दुई घण्टा बसेकोे बैठकमा सरकार विस्तार, मन्त्रालय भागवण्डाको विवाद र राजनीतिक दल सम्बन्धि अध्यादेश के गर्ने भन्ने विषयमा छलफल गरे पनि संसदको अवरोध हटाउने विषयमा नै छलफल केन्द्रित रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्