
काठमाडौ। बुढानीलकण्ठ नगरपालिकाका विद्यालय आजदेखि भौतिक रूपमा खुलेका छन् । नगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाको निर्णयानुसार नगरपालिकाका विद्यालय भौतिक रूपमा खुलेका हुन् ।
कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका थिए । नगरपालिकाको अनुमतिमा भौतिक दूरी लगायतका स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपनाउँदै कक्षा सञ्चालनमा ल्याइएको हो ।
विद्यालयमा कुनै विद्यार्थी, शिक्षक तथा कर्मचारीमा कोभिडको लक्षण देखिएमा नगरपालिकाले एन्टिजेन परीक्षणका लागि आवश्यक कीटसमेत निःशुल्क उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । नगरपालिकाअनुसार सरकारले तोकेको मापदण्डभित्र रहेर विद्यालय सञ्चालन भए/नभएको वडाबाट अनुगमन गरिनेसमेत गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्