
एजेन्सी । यस वर्षको युएस ओपन टेनिसको उपाधि रुसका डानिल मेद्बेदेभले जितेका छन् ।
अमेरिकाको न्यूयोर्कमा भएको फाईनल खेलमा सर्वियाका नोभाक जोकोभिचलाई ३–० को सोझो सेटमा हराउँदै मेद्बेदेभले करियरमा पहिलो ग्राण्डस्लाम जितेका हुन् ।
जोकोभिच विरुद्धको खेल मेद्बेदेभले ६–४, ६–४ र ६–४ को सोझो सेटमा जिते । यसअघि दुई पटक ग्राण्डस्लामको फाईनलमा पुगेर पनि उपाधि जित्न नसकेका मेद्बेदेभले यसपटक भने जोकोभिच विरुद्ध कुनै कमजोरी छोडेनन् ।
एकतर्फी खेलमा उनले सुरुदेखि नैं जोकोभिचलाई दबाबमा राखे । हारसँगै जोकोभिचको क्यालेण्डर स्लामको लक्ष्य अधुरै रह्यो ।
वर्षको सुरुवाती तिन ग्राण्डस्लाम अष्ट्रेलियन ओपन, विम्बल्डन र फ्रेन्च ओपन जितेका जोकोभिच युएस ओपन पनि जित्दै वर्षका सबै चार ग्राण्डस्लाम जित्ने अभियानमा थिए ।
अहिलेसम्म करियरमा २० पटक ग्राण्डस्लाम जितेका जोकोभिचले सर्वाधिक ग्रान्डस्लाम जित्ने रोजर फेडेरर र रफाइल नदालको २१ ग्राण्डस्लामको किर्तीमान भेट्ने अवसर समेत गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्