
एजेन्सी । अफगानिस्तानको तालिवान सरकारले सहशिक्षामा प्रतिबन्ध लगाएको छ । बिश्वबिद्यालयहरुमा अबदेखि छात्र र छात्राले सहशिक्षा लिन नपाउने भएका छन् ।
देशका विश्वविद्यालयहरुलाई लैंगीक आधारमा वर्गिकरण गर्ने नीति तालिवान सरकारले लिएको हो । साथै अफगानिस्तानका बिश्वबिद्यालयहरुमा पनि युनिफर्मको ब्यबस्था गरिएको छ ।
तालीवानका उच्च शिक्षा मन्त्रीमा अब्दुल बाकी हक्कानी नियुक्त भएपछी शिक्षा नितीमा ब्यापक परिवर्तन गरिएको हो । शुरुमा महिलाहरुलाई अध्ययनमा रोक लगाएका हक्कानीले पछिल्लो समय महिलाहरुलाई पनि अध्ययन अध्यापन गर्न दिने निती अवलम्बन गरेका हुन् ।
यसअघि अफगानिस्तानमा सन् १९९६ देखि २००१ को बीच तालीवानको सरकार रहँदा बालिका र महिलाहरुलाई अध्ययन अध्यापनबाट बन्चित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्