
एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले लिड्स युनाईटेडलाई ३–० ले हराएको छ ।
गएराति लिड्स युनाइटेडको मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाह, फाबिनो र सादियो मानेले एक एक गोल गरे ।
यो सँगै सालाहले लिभरपुलका लागि सय गोल पूरा गरेका छन् । सालाहले टोलीको लागि एक सय ६१ खेलमा सय गोल गरेका हुन् । यो जितसँगै लिभरपुलले प्रिमियर लिगको अंक तालिकामा शिर्ष स्थानको म्यान्चेस्टर युनाईटेड र दोस्रो स्थानको चेल्सीसँग अंक बराबरी गरेको छ ।
४ खेलबाट तिनवटै टोलीको समान १० अंक भएपनि गोल अन्तरको आधारमा म्यान्चेस्टर युनाइटेड शिर्ष स्थानमा रहँदा चेल्सी दोस्रो तथा लिभरपुल तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्