
काठमाडौं । अलैँचीको नयाँ उत्पादन बजारमा आएसंगै बजारभाउ पनि बढेको छ ।
पछिल्लो केही वर्षयता निरन्तर घटिरहेको मूल्य सोचे भन्दाराम्रो आएकोले किसानहरु उत्साहित बनेका छन् ।
केही हप्ता अघिदेखि स्थानीय बजारमा निस्कन थालेको अलैंचीको मूल्य प्रतिमन रू. ३२ हजारदेखि ३५ हजारसम्ममा खरीदविक्री भैरहेको छ ।
अलैचीको मुल्य गतबर्ष भन्दा १२ हजारदेखि १४ हजारसम्म बढेको किसानले जनाएका छन् ।
सीजनको शुरूमै राम्रो मूल्य आएकाले यो बर्ष भरी नै अलैचीले मूल्य पाउने किसान तथा व्यवसायीले अपेक्षा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्