
web pic
दाङ । दाङमा आजदेखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा आएका छन् ।
कोरोना भाइरस सङ्क्रमणका कारण गत वैशाखदेखि बन्द भएका विद्यालयहरु आजदेखि सञ्चालनमा आएका हुन् ।
स्थानीय शिक्षा महाशाखाले विद्यालय सञ्चालननका मापदण्ड तयारगरी कार्यपालिकामा सिफारिस गरेको थियो । कार्यपालिकाको बैठकले शिक्षा महाशाखाबाट आएको सिफारिसलाई अनुमोदन गर्दै डीसीएमसीमा अनुमोदनका लागि पेस गरेको थियो ।
आइतबार डीसीएमसीको बैठकले नगर कार्यपालिकाको सिफारिसलाई अनुमोदन गरेपछि विद्यालय सञ्चालन हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्