२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


किबी खेतीमा आकषर्ण बढ्दै


0
Shares

तेह्रथुम । परम्परागत बालीलाई मास्दै तेह्रथुमका किसानहरु किबी खेतीतर्फ आकर्षित हुन थालेका छन् । थोरै जमिनमा धेरै आम्दानी हुने भएकाले यो खेतीतर्फ किसानहरु आकर्षित बनेका हुन ।

जिल्लाका ग्रामीण भेगमा यतिबेला किबी खेतीको बिस्तार हुने क्रम बढ्दो छ । गाउँ गाउँमा खेती बिस्तार किसानहरुले लगाएको बगानहरुमा किबी उत्पादन हुँदै आएको छ । खेतीलाई बिस्तार गर्दै गाउँलाई किवी पकेट क्षेत्रको रुपमा विकास गर्दै आएका छन् ।