
web pic
काठमाडौं । सप्तरीमा गएराति भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको राजविराजस्थित मिलनचोकमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल सवार विष्णुपुर गाउँपालिका ५५ वर्षीय लेल्है खंगको मृत्यु भएको हो ।
ट्याक्टर र मोटरसाइकल नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै तिलाठी कोइलाडी गाउँपालिका सखरपुरामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय विनोद ठाकुरका ११ वर्षीय छोरा चन्दन रहेका छन् । डिसहोमको रिसिभरलाई सफा गर्ने क्रममा उनलाई करेन्ट लागेको हो ।
प्रतिक्रिया दिनुहोस्