१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ओलीले सभामुखविरुद्ध दायर गरेको मुद्दामा आज सुनुवाइ हुँदै


0
Shares

काठमाडौं । माधवकुमार नेपाल सहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासले उक्त मुद्दामा सुनुवाइ गर्न लागेको हो । एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुखविरूद्ध छुट्टाछुट्टै तीन वटा रिट दायर गर्नुभएको छ ।

जसमध्ये दुई वटा रिटमा आज सुनुवाइ हुन लागेको हो । एमाले अध्यक्ष ओलीले १४ जना सांसदलाई पार्टीले कारबाही गरेपछि सांसद पद निलम्बन गर्नु पर्नेमा नगरेको भन्दै सभामुख अग्नि प्रसाद सापकोटाविरूद्ध रिट दायर गर्नुभएको थियो ।

उक्त रिटमा भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले अन्तरिम आदेशका लागि भदौ २८ गते दुवै पक्षलाई छलफलका लागि डाकेको थियो ।

लुम्बिनी प्रदेशका २ सांसदलाई कारबाही गरिएकोमा प्रदेश सभामुखले नगरेको भन्दै दिएको तेस्रो रिटमा पनि सर्वोच्च अदालतले भदौ २८ लाई नै अन्तरिम आदेशका लागि छलफलका लागि बोलाएको हो ।