१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


३ सय रुपैयाँ बढ्यो सुनको मूल्य


0
Shares

gold

काठमाडौं । सुनको मूल्य सोमबार तोलामा ३ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज(साेमबार) ३ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आजै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो चाँदी भने तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा केही दिनयता सुनको मूल्यमा उतारचढाव भइरहँदा यसको प्रभाव स्थानीय बजारमा परेको हो । अन्तर्राष्ट्रिय बजारमा यतिबेला सुन प्रतिऔंस १७ सय ९१ दशमलव २५ डलर र चाँदी प्रतिऔंस २३ दशमलव ७० डलरमा कारोबार भइरहेको छ ।