
काठमाडौं । आइतबार उच्च अंकले उकालो चढेको सेयर बजार परिसूचक नेप्सेमा कारोबार हुने साताको दोस्रो दिन झिनो सुधार आएको छ ।
सोमबार ० दशमलव २७ अंकले बढ्दा नेप्से २ हजार ९ सय ४७ विन्दुमा पुग्यो । यस दिन ठूला कम्पनीहरूको परिसूचक सेन्सेटिभ इन्डेक्समा पनि ० दशमलव ५५ अंकले सुधार आउँदै ५ सय ४८ विन्दुमा पुगेको छ ।
सोमबार निर्जीवन बीमा कम्पनी सर्वाधिक १ सय ९८ अंकले उकालो लाग्दा जीवन बीमा ८५ अंकले चढेको छ । यस्तै जलविद्युत् समूह ९० अंकले ओरालो लागेको छ । यस दिन अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतले कमाए ।
यस दिन २ सय २६ कम्पनीको १ करोड ५६ लाख ८१ हजार १ सय ८४ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २९ करोड ५ लाख ५४ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्