१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बजेट प्रतिस्थापन विधेयकप्रति व्यवसायी र उद्योगी सकारात्मक, प्रभावकारी कार्यान्वयनमा जोड


0
Shares

काठमाडौं । सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकबारे व्यवसायी तथा उद्योगीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

साधारण खर्च र वैदेशिक ऋण घटाउने, पूँजीगत खर्च बढाउने गरी ल्याएको भन्दै उनीहरूले सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् । अटोमोबाइल्स डिलर्स एसोशिएन (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालले नेपालमा अब अटोमोबाइल उद्योगहरूको उदय हुने बताउनुभयो ।

प्रतिस्थापन बजेटमार्फत नेपालमा सवारी साधन एसेम्बल उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने नीति एसेम्बलिङ उद्योगका लागि कोशेढुङ्गा सावित हुने अध्यक्ष दुलालको भनाइ छ । प्रतिस्थापन बजेटले नेपालमा सवारी साधन एसेम्बल उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने नीति लिएको छ

अध्यक्ष दुलालले कोरोनाको यस्तो बेलामा मोटरसाइकलको करमा भइरहने परिवर्तनले भने प्रयोगकर्तालाई थप आर्थिक भार परेको भन्दै गत वर्षकै करलाई कायम गर्न आग्रह गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिस्थापन विधेयकले आन्तरिक उत्पादनलाई पनि प्राथमिकता दिनु स्वागतयोग्य भएको बताउनुभयो ।

होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले प्रतिस्थापन बजेटले शून्य रहेको व्यवसायलाई केही गर्न सकिन्छ कि भन्ने आशा जगाए पनि कार्यान्वयनमा फेरि पनि आशंका व्यक्त गर्नुभयो ।

बजेटमा राम्रा कार्यक्रमहरू आए पनि कार्यान्वयनमा समस्या भइरहेको भन्दै निजी क्षेत्रले प्रभावकारी कार्यान्वयमा जोड दिएको छ ।