
बिराज रोस्यारा
कैलाली । सुदूरपश्चिम प्रदेशको सरकारी कामकाजी भाषाको सिफारिसबाट षडयन्त्रपुर्वक राना थारु भाषा हटाइएको भन्दै विरोध गरिएको छ ।
सोमबार धनगढीमा नेपाल रानाथारु समाज केन्द्रीय कार्यालयको आयोजनामा सरकारकी कामकाजको भाषाबाट षडयन्त्रपुर्वक राना थारु भाषा हटाइएको विरोधमा र्यालीसहित विरोध सभा गरिएको हो ।
रानाथारुको आरक्षणको सुनिश्चतताका लागि दवाव स्वरुप धनगढीमा विरोध सभा गरिएको आयोजकले जनाएको छ । प्रदेशको सरकारी कामकाजीको भाषामा रानाथारु भाषालाई पनि समावेश गर्न यहाँका रानाथारु नागरिकले माग गरेका छन् । उनीहरूले चौराहादेखि पार्कमोड सम्म र्याली निकालेका हुन् ।
आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै नेपाल राना थारु समाजको केन्द्रीय समितिले भाषा आयोगले सिफारिस गर्न छुटाएको रानाथारु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिन माग गरेको थियो । भाषा आयोगको प्रतिवेदनप्रति पनि उनीहरूले विरोध गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा करिब ३ लाख बढी राना थारु समुदायका नागरिकको बसोबास रहेको छ ।
प्रतिक्रिया दिनुहोस्