१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उद्योग परिसंघमा तीन समिति गठन

उद्योग, बैंक र रोजगारदाता छुट्टा–छुट्टै समितिले हेर्ने

0
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघमा उद्योग समिति, बैंक तथा वित्तीय संस्था समिति र रोजगादाता समिति गठन भएको छ ।

परिसंघका राष्ट्रिय परिषद समिति सदस्य गोकुल भण्डारीको अध्यक्षतामा उद्योग समिति गठन भएको छ ।

यस्तै परिसंघका राष्ट्रिय परिषद सदस्य अनलाज भट्टराईको सभापतित्वमा बैंक तथा वित्तीय संस्था समिति गठन भएको छ ।

यसैगरी, परिसंघका राष्ट्रिय षरिषद सदस्य अमित बेगानीको अध्यक्षतामा रोजगारदाता परिषद गठन भएको परिसंघले जनाएको छ ।