२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नाइजेरियामा बन्दुकधारीले जेलमा आक्रमण गरी भगाए साढे दुई सय कैदी


0
Shares

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियाको एक कारागारमा बन्दुकधारीको समुहले आक्रमण गरी २ सय ४० कैदी भगाएका छन् ।

नाइजेरियाको दक्षिण पश्चिम क्षेत्रको कोगी राज्यमा रहेको कारगारमा भारी हतियार सहित प्रवेश गरेका बन्दुकधारीको समुह कारागार प्रवेश गर्न खोज्दा कारागारको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र सो समुहबीच दोहोरो भिडन्त भएको थियो ।

२९४ जना कैदी बन्दी रहेको सो कारागारका ५४ कैदी भने कारागारमै रहेका छन् । यसैबीच नाइजेरियाली सरकारले फरार भएका कैदीहरुलाई तत्काल कारागार फर्कन आदेश जारी गर्दै उनीहरुको बारेमा जानकारी दिन सर्वसाधारणलाई अपील गरेको छ ।

घटनामा केही सुरक्षाकर्मी घाइते भएका छन् । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।