२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आज ५७ औं राष्ट्रिय बाल दिवस, बालश्रम उन्मुलनको प्रयास जारी


0
Shares

काडमाडौं । आज ५७ औं राष्ट्रिय बाल दिवस । देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ । दिवसमा बालबालिकाको अधिकार रक्षार्थ कार्यरत विभिन्न संघ संस्था तथा विद्यालयले अलग–अलग कार्यक्रम आयोजना गर्दैछन् ।

सरकारले हरेक बर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवस घोषणा गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । हरेक वर्ष बाल दिवस मनाईदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार हुन सकेको छैन ।

देशका विभिन्न स्थानमा बाल श्रम शोषणको घटना जारी रहेको, बालबालिकाको बेचविखन तथा विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै धेरै रहेको अधिकारकर्मीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार काठमाडौंमा सडक बालबालिकाको अवस्था पनि उस्तै छ । काठमाडौंसहित देशभर अहिले ५ हजारभन्दा बढी सडक बालबालिका रहेको तथ्यांक छ ।

जनगणना २०६८ अनुसार नेपालमा १६ वर्षसम्मका बालबालिकाको संख्या १ करोड पाँच लाख ४६ हजार छ ।

यसैबीच महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बालअधिकार परिषद्ले संयुक्त रुपमा दुई दिनसम्म मनाइने बालदिबसको मुख्य आकर्षण सडक बालबालिका मुक्त राष्ट्र बनाउने अभियान अन्तर्गत सडकदेखि रंगशाला सम्म ‘स्ट्रिट टु स्टेडियम’ कार्यक्रम रहेको छ ।

सडकबाट उद्धार गरिएका ४० जना बालबालिकालाई यसमा सहभागी हुनेछन् ।