२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन सरकार प्रयासरतः प्रधानमन्त्री


0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा सरकार पूर्ण प्रयासरत रहेको उल्लेख गर्नुभएको छ ।

राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले कोभिड–१९ बाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शैयाको व्यवस्था गरिएको दाबी गर्नुभएको छ ।

कोभिड–१९ को नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयहरूमा थप प्रयास गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।