२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कर्णालीमा ३४ प्रतिशत निरक्षर


0
Shares

काठमाडौं । कर्णाली प्रदेशमा ३४ प्रतिशत नागरिक निरक्षर रहेको एक तथ्याङ्कले जनाएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका १० जिल्लाका ७९ स्थानीय तहमध्ये ३६ वटा साक्षर घोषणा हुन बाँकी छन ।

प्रदेश योजना आयोगले आर्थिक वर्ष २०८०÷८१ सम्म कर्णालीको साक्षरता ९५ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।

कर्णाली सरकारले प्रदेशलाई साक्षर बनाउन आर्थिक वर्ष २०७५÷७६ देखि विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

तीन वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने भन्दै सरकारले दुई करोड बजेट विनियोजन गरेको थियो ।