१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


मार्शल लगाएर बजेट पारित भएपछि स्थगित गण्डकी प्रदेश सभा बैठक बस्दै


0
Shares

काठमाडौं । दुई महिनापछि आज दिउँसो १ बजे गण्डकी प्रदेश सभा बैठक बस्दै छ । गत असार ३० गते मार्शल लगाएर बजेट पारित गरेपछि अर्को सूचना जारी नभएसम्मकालागि स्थगीत भएको बैठक आज बस्न लागेको छ ।

आजको बैठकमा सबै दलको तर्फबाट भनाइ राख्ने र मुख्यमन्त्री पोखरेलले त्यसको जवाफ दिने कार्यसूची रहेको छ ।

बैठकमा आमसञ्चार विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक, प्राइभेट फर्म दर्तासम्बन्धी विधेयक र बालबालिकासम्बन्धी विधेयक प्रस्तुत हुने संसद सचिवालयले जानकारी गराएको छ ।

बजेटप्रति असहमतिका कारण प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकाबीच बजेट पारित भए पनि फेरि बैठक बस्न सकेको थिएन ।

पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले ल्याएको बजेटका योजना काटिएको, अघिल्लो सरकारका महत्वपूर्ण योजनालाई कम प्राथमिकतामा नराखिएको लगायतको विमति राख्दै त्यो नसच्याएसम्म फेरि बैठक चल्न नदिने एमालेले अडान लिँदै आएको थियो ।